Logo

राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय उद्घाटन



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सुदूर पश्चिम प्रादेशिक कार्यालय, धनगढी, कैलालीको उद्घाटन गरेको छ । सोमबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टले ताम्रपत्र अनावरण गर्दै उक्त कार्यालयको उद्घाटन गरेका हुन ।

उक्त अवसरमा मुख्य मन्त्री त्रिलोचन भट्टले सरकारको लगानीमा संचालित संस्थानहरुको कार्यसम्पादन विगतमा सन्तोषजनक नभएपनि हालको समयमा राष्ट्रिय वाणिज्य बैंक उदाहरण बनेको बताएका छन । उनले सेवा प्रवाहमा गुणस्तरीयताका लागि सम्पूर्ण ग्राहकहरुलाई समान ब्यवहार गर्नुपर्ने तथा सरल र सहज बैंकिङ सेवा प्रवाह गर्नुपर्ने बताएका छन ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक नपुगेका स्थानिय तहमा बैंकिङ सेवा पुर्याउंदै जाने प्रतिबद्धता ब्यक्त गरेका छन । बैकको सुदूरपश्चिम प्रदेश कार्यालयका प्रादेशिक प्रबन्धक रणबहादुर चन्द नियुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्