Logo

तीन महिनामा प्रभु बैंकले कमायो ६२ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

तीन महिनामा प्रभु बैंकले कमायो ६२ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको पहिलो ३ हिनामा ६२ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आबको सोही अबधिको तुलनामा ५ प्रतिशतले बढि हो । सुधार गरेको हो । गत वर्ष ५९ करोड ८४ लाख रुपैयाँ थियो ।

असोज मसान्तसम्ममा आईपुग्दा बैंकले १ खर्ब ६ अर्ब रुपैया निक्षेप संकलन गरि ९१ अर्ब ६८ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ८९ करोड रुपैयाँ छ भने जगेडा कोषमा ४ अर्ब ३९ करोड रुपैयाँ जम्मा भएको छ । सो अबधिमा बैंकको खराब कर्जा भने बढेर ३ दशमलव ३२ प्रतिशत पुगेको छ । यसैगरी बैंकको प्रतिसेयर आम्दानी २८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्