Logo

एनआईसी एशिया बैंकको युनियन पे भर्चुअलकार्ड संचालनमा, डिजिटल भुक्तानीमा सहज

एनआईसी एशिया बैंकको युनियन पे भर्चुअलकार्ड संचालनमा, डिजिटल भुक्तानीमा सहज



काठमाडौं । एनआईसी एशिया बैंकले युनियन पे भर्चुअलकार्ड संचालनमा ल्याएको छ ।

बैंकले अन्तरराष्ट्रिय युनियन पे को सहकार्यमा एनआईसी एशिया युनियन पेको प्रयोगबाट भुक्तानी गर्ने गरी सो प्रणालीको सुरुवात गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र युनियन पेका अध्यक्ष चाई जियानबोको सहभागितामा सो प्रणालीको सुरु गरेको बैंकले जानकारी दिएको छ ।

उक्त सेवालाई बैंकले आफ्नो मोबाइल बैंकिङ सेवासंग एकिकृत गरी छिट्टै ग्राहकहरुमाझ लैजाने भएको छ । उक्त सेवाले नेपालको डिजिटल भुक्तानी प्रणालीमा सहज हुने बैंकको विश्वास रहेको छ ।

पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा भएको यस सम्झौताले नेपालमा आउने पर्यटकहरुलाई उक्त झुक्तानी प्रणालीको प्रयोगबाट वस्तु तथा सेवा खरिदको भुक्तानीमा सहज हुने छ ।

बैंकले ३१० शाखा, ३८२ एटिएम, ८४ एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL