Logo

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर झापाको प्रशासन कार्यालयमा, काउण्टर संख्या ३६ पुग्यो

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर झापाको प्रशासन कार्यालयमा, काउण्टर संख्या ३६ पुग्यो



काठमाडौं । प्रभु बैंकले झापाको जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले संचालनमा ल्याएको उक्त काउण्टरको झापाका सहायक प्रमुख जिल्ला अधिकृत कृष्ण कुमार निरौलाले उद्घाटन गरेका छन । जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले झापाको जिल्ला प्रशासन कार्यलयमा समेत सेवा विस्तार गरेका छन ।

बैंकको उक्त काउण्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले गुणस्तरीय बैंकिङ सेवा उपभोग गर्न पाउने भएका छन । बैंकले १९६ शाखा, १५२ एटिएम ३६ एक्स्टेन्सन काउण्टर तथा १९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्