Logo

तोकियो प्रभु बैंकको साधारणसभा : सेयर संरचनामा परिर्वतन, लगानीकर्तालाई १६ प्रतिशत बोनस

तोकियो प्रभु बैंकको साधारणसभा : सेयर संरचनामा परिर्वतन, लगानीकर्तालाई १६ प्रतिशत बोनस



काठमाडौं । प्रभु बैंकले साधारणसभाको मिति तोकेको छ । बैंक संचालक समितिको शुक्रबार बसेको बैठकले मंसिर ६ गतेका लागि साधारणसभाको मिति तय गरेको हो ।

बैंकले आगामी दिनमा हुने साधारणसभाबाट आफ्नो सेयर संरचनामा समेत परिमार्जन गर्ने भएको छ । हाल भएको संस्थापक र साधारणतर्फको सेयर संरचनालाई परिमार्जन गर्दै साधारणसभाले संस्थापकतर्फ ५१ र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने भएको छ ।

साधारणसभामा सेयरधनीलाई १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव समेत लगिने भएको छ । उक्त बोनसका लागि बैंकले कात्तिक २६ गतेदेखि मंसिर ६ गतेसम्मका लागि बुकक्लोजको मिति समेत तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL