Logo

सानिमा बैंकले ३ महिनामा कमायो ५९ करोड, यस्तो छ प्रतिसेयर आम्दानी

सानिमा बैंकले ३ महिनामा कमायो ५९ करोड, यस्तो छ प्रतिसेयर आम्दानी



काठमाडौं । । सानिमा बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत आबको सोही अबधिको तुलनमा १४ दशमलव ४० प्रतिशतले बढि हो । बैंकले गत आबको पहिलो ३ महिनामा बैंकले ५१ करोड ८८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

सो अबधिमा बैंकले सञ्चालन नाफा बढाएर ८३ करोड ४३ लाख रुपैयाँ पुर्याएको छ भने खुद ब्याज आम्दानी पनि ९७ करोड ८४ लाखबाट बढाएर १ अर्ब १४ करोड ५० लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकले असोज मसान्तसम्ममा ९५ अर्ब ९२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ५२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पूँजी ८ अर्ब ८० करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५४ करोड रुपैयाँ रहेको छ ।

यसैगरी बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ४७ पैसा रहेको छ । सो अबधिमा यस अवधिमा बैंकको पूँजीकोष अनुपात १२ शदमलव ६१ प्रतिशत रहँदा सिसिडी रेसियो ७८ दशमलव ८४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL