काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांस वितरण गर्ने भएको छ । शुक्रबार बसेको बैंकको ३ सय ४७ औं बैठकले आफ्ना लगानीकर्तालाई कुल पुँजीको १२ प्रतिशत लाभांस वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले ७ प्रतिशत नगद लाभांस र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने जानकारी दिएको छ । बैंकको उक्त प्रश्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र आगामी बार्षिक साधारणसभाबाट परित भएपछि वितरण गरिनेछ ।