काठमाडौं । प्राइम कमर्सियल बैंकले काठमाडौंको चपलीमा शाखा विस्तार गरेको छ । बैंकले काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको चपलीमा बिहीबार शाखा विस्तार गरेको हो ।
बैंकले विस्तार गरेको उक्त शाखाको बुढानीलकण्ड नगरपालिका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले उद्घाटन गरेका हुन ।
बैंकले आगामी दिनमा समेत थप शाखा विस्तार गर्दै लैजाने र निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउने भएको छ । विस्तारित शाखासँगै बैंकको शाखा संख्या ९७ पुगेको छ