Logo

कृषि विकास बैंकमा ४ नयाँ संचालक, ४ वर्षे कार्यकाल

कृषि विकास बैंकमा ४ नयाँ संचालक, ४ वर्षे कार्यकाल


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

३१ जेठ, काठमाडौं । कृषि विकास बैंकमा ४ जना नयाँ संचालक समिति चुनिएका छन् । बैंकको आठौं वार्षिक साधारणसभाले नयाँ संचालक समिति चुनेको हो । बैंकको हिजो भएको साधारणसभाले साधारण सेयर धनीको तर्फबाट नयाँ संचालकहरु चयन भएको नयाँ संचालक समितिका सदस्य रमेशकुमार महतले जानकारी दिए ।

बैंकको संचालकहरुमा रमेशकुमार महत, मनोज भट्टराई, गोविन्द भट्टराई र धनश्याम अवस्थी निर्वाचित भएका छन् । जसमा सवैभन्दा बढी मत महतले ल्याएका थिए । उनले ४० लाखभन्दा बढी मत प्राप्त गरेका थिए भने सवैभन्दा कम मत धनश्याम अवस्थीले पाएका थिए ।

नयाँ संचालक समितिको कार्याकाल ४ वर्षको हुनेछ । बैंक संचालक समितिमा ९ जना सदस्य रहनेछन् । जसमा ४ जना नेपाल सरकारको तर्फबाट प्रतिनिधित्व हुनेछ भने १ जना विज्ञ सदस्य रहने व्यवस्था छ । विज्ञ सदस्य अव वस्ने संचालक समितिले चयन गर्ने संचालक महतले जानकारी दिए ।

बैंकले चालू आवको चैत मसान्तसम्ममा १ अर्व १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । हालसम्म बैंकले ६९ अर्व ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ६४ अर्व २१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL