Logo

सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा प्रभातफेरी कार्यक्रम

सनराइज बैंकको १२ औं वार्षिक उत्सवमा प्रभातफेरी कार्यक्रम



काठमाडौं । सनराईज बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । शनिबार ‘समृद् नेपालको सहयात्रामा सनराइज बैंक( हामी संग संगै’ भन्ने नाराको साथ बैंकले प्रभातफेरी कार्यक्रम आयोजना गरेको हो ।

सो प्रभातफेरी कार्यक्रम केन्द्रिय कार्यालय गैरीधाराबाट सुरु भइ नक्साल भगवती, कमलपोखरी, कमलादी गणेश मन्दिर, रत्नपार्क, दरबारमार्ग, नागपोखरी हुदैं पुनः गैरीधारामा समापन भएको थियो ।
उक्त कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरm दिपक नेपाल र शारदा शर्मा पुडासैनी, बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल लगायत काठ्माडौं भरिका शाखाहरुबाट करिब ५ सय कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL