काठमाडौं । आरबीबी मर्चेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा बद्रीप्रसाद प्याकुरेललाई नियुक्त गरिएको छ ।
प्याकुरेललाई राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंंकिङकोे सिईओमा कात्तिक १ गतेदेखिनै लागू हुने गरी ४ बर्षका लागि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
प्याकुरेलले अर्थशास्त्र विषयमा स्नातकोत्तर गरी बैंकिङ तथा पूंजीबजारमा १५ वर्ष भन्दा बढिको अनुभव रहेको छ । प्याकुरेलले यस अघि एनआईबिएल एस क्यापीटलमा सहायक महाप्रबन्धक पदमा रहेका काम गरिसकेका छन ।
उनलाई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत एवं संचालक केशबप्रसाद लम्सालले स्वागत गरेका थिए । बैंकले २३८ शाखामार्फत सेवा प्रदान गर्दै आईरहेको छ भने बैंकको चुक्ता पुँजी २० करोड रुपैयाँ रहेको छ ।