काठमाडौं । एभरेष्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा गजेन्दर नेगी नियुक्त भएका छन् । बैंकका तत्कालिन सिईओ रामेश्वर सेठको ४ बर्षे कार्यकाल सकिएसँगै नेगीले नेतृत्व सम्हालेका हुन् ।
नेगीले बिहीबारदेखी सिईओको कार्यभार सम्हालेका हुन् । भारतको पञ्जाव नेशनल बैंकको २० प्रतिशत लगानी रहेको एभरेष्ट बैंकमा पञ्जाव नेशनल बैंकले नै सिईओ र डेपुटी सिईओ पठाउँदै आएको छ । नेगी यस अघि पञ्जाब नेशनल बैंकमा नायब महाप्रबन्धकका रुपमा कार्यरत थिए ।
आफ्नो ४ बर्षे कार्यकाल सकिएसँगै निर्वतमान सिईओ सेठ पञ्जाब नेशनल बैंकको कर्पोरेट अफिसमा फिर्ता भएका छन् ।