काठमाडौं । महालक्ष्मी विकास बैंकले १७ दशमलब ८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको संचालक समितिको बिहीबार बसेको बैंठकले लगानीकर्तालाई आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले सेयरधनीहरुलाई ९ दशमलब ८९ प्रतिशत नगद लाभांश र ८ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने भएको हो । उक्त नगद लाभांश र बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ साधारण सभाबाट पारित गरे पछिमात्रै वितरण गरिने छ ।
बैंकले १०२ शाखा तथा ३५ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म ३२ अर्ब ५६ करोड रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ४८ करोड रुपैयाँ ऋण प्रभाह गरेको छ ।