काठमाडौं । एनआईसी एशिया बैंकले दशैं सुपर चमत्कारिक उत्सव योजना ल्याएको छ ।
उक्त उत्सव योजना अन्तरगत नेपाल भर बैंकका ग्राहकहरुले डेबिट एवं क्रेडिट कार्डमार्फत् लत्ताकपडा तथा जुत्ता खरिद गर्दा प्रत्येक खरिदमा १५ प्रतिशतसम्म छुट पाउन सक्नेछन ।
सर्वसाधरणको लागि भने भाटभटेनी सुपरमार्केटमा बैंकले स्थापना गरेको स्टलमार्फत् नयाँ खाता खोल्नुका साथै तुरुन्तै डेविट कार्ड प्राप्त गरी देशभर रहेका सुपरमार्केटका सबै आउटलेटहरुमा यो सुविधा प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।
असोज ८ गतेदेखि सुरु भएको यो योजनासँगै बैंकको सबै आउटलेटहरुमा सपिङ गर्न आउनेहरुको भीड लागेको बैंकले जानकारी दिएको छ ।
छुटसँगै स्टलमा रहेका बैंकका प्रतिनिधिहरुमार्फत हजारौं नयाँ कार्डहरु वितरण गर्नुका साथै दैनिक ३ करोड रुपैयाँको कारोबार भएको बैंकले जानकारी दिएको छ । योजना कात्तिक १६ गतेसम्म मात्र लागू हुने छ ।