Logo

ग्लोबल आइएमई बैंकका लगानीकर्तालाई हालसम्मकै उच्च लाभांश, यस्तो छ नगद र सेयरको अनुपात

ग्लोबल आइएमई बैंकका लगानीकर्तालाई हालसम्मकै उच्च लाभांश, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्तालाई २५ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । बैंक संचालक समितिको मंगलबार बसेको बैठकले आर्थिक बर्ष २०७५÷७६ को मुनाफाबाट उक्त लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

बैठले कुल लाभांशमध्ये १२ दशमलव ७५ प्रतिशत बोनस सेयर र १२ दशमलव ७५ प्रतिशतनदग लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको हो । उक्त लाभांश हालसम्मकै उच्च भएको कम्पनीले जानकारी दिएको छ ।

बैंकले गत आबमा २ अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । बोनश सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने छ ।

हाल बैंकको कुल निक्षेप १ खर्ब २९ अर्ब निक्षेप र १ खर्ब २१ अर्ब कर्जा लगानी गरेको छ । बैंकको हाल १ सय ४७ वटा शाखाहरु, ३० वटा राजस्व संकलन तथा एक्सटेन्सन काउण्टर, १ सय ४८ एटिएम, तथा १ सय ८९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त मोवाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, मलेसिया, भारत, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जापान लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL