काठमाडौं । सनराइज बैंकले गैरीधारा स्थित बाल मन्दिरलाई बिभिन्न सामग्री सहयोग गरेको छ ।
बैंकको सामाजिक उत्तरदायित्व अन्तरगत बाल मन्दिरमा रहेका बालबालीकालाई रासन सामाग्री तथा जाडो महिनाको लुगा गरेर करिब डेढलाख रुपैयाँ बराबरको सहयोग गरेको हो ।
बैंकले आफ्नो १२ औं वार्षिक उत्सवको अवसरमा सो सामग्री सहयोग गरेको हो । कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु ई. बच्छराज तातेड, दीपक नेपाल तथा श्री शारदा शर्मा पुडासैनीलगायतका सहभागीता रहेको थियो ।