Logo

लक्ष्मी बैंकको शाखा मोरङको रंगेली र काठमाडौंको कपनमा, शाखा संख्या ११५ पुग्यो

लक्ष्मी बैंकको शाखा मोरङको रंगेली र काठमाडौंको कपनमा, शाखा संख्या ११५ पुग्यो



काठमाडौं । लक्ष्मी बैंकले मोरङको रंगेली र काठमाडौंको कपनमा शाखा विस्तार गरेको छ ।

बैंकले विस्तार गरेको शाखामार्फत ग्राहकहरुको वित्तीयआवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

बैंकले सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लघुवित्तलगायतका वित्तीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

बैंकले ११५ शाखा, २ एक्सेन्शन काउन्टर र ४ हस्पिटल सेवा काउन्टर, १४० एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL