काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि २ नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले काठमाडौं जिल्लाको नागार्जुन नगरपालिका वडा नं. ५, हरिसिद्धि र रोल्पा जिल्लाको रुन्टीगढी गाउँपालिका वडा नं ६, होलेरीमा उक्त नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १ सय ४६ पुगेको छ ।
बैंकले हाल १ सय ४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १ सय ४८ एटिएम, १ सय ८९ शाखा रहित बैंकिङ सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ