Logo

एनसीसी बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग

एनसीसी बैंकको सामाजिक उत्तरदायित्व, विद्यालयलाई आर्थिक सहयोग



काठमाडौं । एनसीसी बैंकले महाराजगंजस्थित शिवपुरी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त विद्यालयलाई ४ लाख रुपैयाँ नगद सहयोग गरेको हो ।

बैंकले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थिहरुका लागि सूचना प्रविधिमा पँहुच पु¥याउन तथा आवश्यक सामग्रीका साथै खेलकूदका सामग्री खरिद गर्नका लागि उक्त सहयोग गरेको हो ।

उक्त रकम बराबरको चेक एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले शिवपुरी माध्यमिक विधालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीलाई हस्तान्तरण गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्