Logo

एनआरएन लक्षित ग्लोबल आइएमई बैंकको ४ नयाँ खाता सार्वजनिक, उच्च व्याजदेखि क्रेडिटकार्डमा ५० प्रतिशत छुट

एनआरएन लक्षित ग्लोबल आइएमई बैंकको ४ नयाँ खाता सार्वजनिक, उच्च व्याजदेखि क्रेडिटकार्डमा ५० प्रतिशत छुट



काठमाडौं । ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपाली (एनआरएन) लाई लक्षित गरी ४ नयाँ खाताहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले ल्याएको नयाँ खातामा ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई मुद्दति निक्षेप खाता, ग्लोबल एनआरएन एफसीवाई बचत खाता र ग्लोबल एनआरएन एफसीवाई बचत खाता रहेका छन् ।

अमेरिकी डलरमा खोल्न सकिने एनआरएन एफसीवाई बचत खाता तथा मुद्दति निक्षेप वार्षिक ४ प्रतिशतसम्म व्याज प्रदान गरिने छ । त्यस्तै नेपाली मुद्रामा खोलिने एनआरएन एफसीवाई मुद्दति निक्षेपमा ९ दशमलब २५ प्रतिशतसम्म तथा बचत खातामा वार्षिक ६ प्रतिशतसम्म ब्याज प्रदान गरिने बैंकले जानकारी दिएको छ ।

उक्त खाता सञ्चालकहरुलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क तथा लकर सुविधा लिंदा लाग्ने वार्षिक शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ ।

साथै खातावाला वा खातावालाको परिवारलाई घर कर्जा तथा सवारी कर्जा प्रवाह गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ । एफसीवाई मुद्दति खाताहरु दुई वर्षदेखि तीन वर्षसम्मको अवधिको हुनेछ भने यसमा न्यूनतम् मौज्दात १० हजार अमेरिकी डलर रहेको छ ।

बैंकले १४५ शाखा, ३० एक्टेन्सन तथा राजश्व संकलन काउण्टर, १८५ शाखा रहित बैंकिङ सेवा, १४८ एटीएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL