Logo

एनआईसी एशिया बैंक र उच्च अदालत पाटनबीच सम्झौता, अदालत परिसरमा बैंकको एक्सटेन्शन काउण्टर

एनआईसी एशिया बैंक र उच्च अदालत पाटनबीच सम्झौता, अदालत परिसरमा बैंकको एक्सटेन्शन काउण्टर



काठमाडौं । एनआईसी एशिया बैंक र उच्च अदालत पाटनबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले हरिहरभवन ललितपुरस्थित उच्च अदालत पाटन परिसरमा बैंकको विस्तारित काउण्टर संचालनका लागि स्थान उपलब्ध गराउने छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र उच्च अदालत पाटनका रजिष्ट्रार बाबुराम दाहालले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकको विश्वास रहेको छ ।

बैंकले ३०१ शाखा, ३६२ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL