Logo

जनता बैंकको सामाजिक उत्तरदायित्व, बाढी पीडितको लागि आर्थिक सहयोग

जनता बैंकको सामाजिक उत्तरदायित्व, बाढी पीडितको लागि आर्थिक सहयोग



काठमाडौं । जनता बैंकले २०७४ साउनमा तराईमा गएको बाढी पीडितको लागि आर्थिक रकम सहयोग गरेको छ । बैंकले बाढी तथा डुवानमा परी घरबार गुमाएका सप्तरीको तिलाठी कोइलाडीको मुसहर बस्तिमा निर्माणको लागि आर्थिक रकम सहयोग गरेको हो ।

सो क्षेत्रमा निर्माण भएको ५२ घरका लागि बैंकले १० लाख रुपैयाँ हस्तान्तरण गरिएको हो । उक्त रकम बिहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुंबर क्षेत्रीले नेपाल ब्रोडकास्टिङ च्यानलका महाप्रबन्धक सुधिर राजभण्डारीलाई हस्तान्तरण गरेका छन ।

२०७४ साउनमा गएको बाढीपीडितको आवास निर्माणका लागि अर्थ मन्त्रालयको स्वीकृती लिई उक्त खातामा विभिन्न ब्यक्ती तथा संघ सस्थाबाट जम्मा भएको रकम करिब २ करोड रुपैयाँ र अन्य सहयोग समेत गरी ३ करोड रुपैयाँको लागतमा ५२ घर निर्माण गरी हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्