Logo

एनआईसी एशिया बैंकको बीमा रकम भुक्तानी, गुरुङको परिवारलाई ४ लाख ९१ हजार हस्तान्तरणदेखि उपचारसम्म

एनआईसी एशिया बैंकको बीमा रकम भुक्तानी, गुरुङको परिवारलाई ४ लाख ९१ हजार हस्तान्तरणदेखि उपचारसम्म



काठमाडौं । एनआईसी एशिया बैंकले बचत खाताको योजना अन्तरगत विभिन्न खातावालहरुलाई बीमा रकम दाबी भुक्तानी गरेको छ । बैंकले दुर्घटनामा मृत्यु भएका देउप्रसाद गुरुङको श्रीमती रन सुबा गुरुङलाई बीमा दुर्घटना वापतको रकम ४ लाख ९१ हजार २ सय ५३ रुपैयाँ भुक्तान गरिएको छ ।

साथै बैंकले मेडिकल बीमावापतको रकम काठमाडौंकी मीना चित्रकारलाई २६ हजार ५ सय १९ रुपैयाँ, नेपालगञ्जकी तारा कुमारी बुढाथोकीलाई ६७ हजार ९ सय ३३ रुपैयाँ, कलंकीका ज्ञान बहादुर पराजुलीलाई ५९ हजार ९ सय ४ रुपैयाँ भुक्तानी गरेको छ ।

त्यस्तै झापाकी पद्मा मिश्रलाई १० हजार ४ सय ३९ रुपैयाँ र झापाकै शंकर थापालाई २८ हजार ७ सय ५० रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ३०१ शाखा, ३५९ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL