Logo

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर

मकवानपुर जिल्ला प्रशासन कार्यालयमा प्रभु बैंकको एक्स्टेन्सन काउन्टर



काठमाडौ । प्रभु बैंकले मकवानपुरको जिल्ला प्रशासन कार्यालयमा आफ्नो एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै मकवानपुर जिल्लाको हेटौडा उप–महानगरपालिकास्थित जिल्ला प्रशासन कार्यलयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो ।

उक्त एक्स्टेन्सन काउण्टरको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकृत प्रेमराज जोशीले उद्घाटन गरेका हुन ।

जिल्ला प्रशासन कार्यलयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रकम जम्मा गरी सरल र सहज रुपमा जिल्ला प्रशासन कार्यलयको काम गर्न सक्नेछन् ।
प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र जिल्ला प्रशासन कार्यलयको काम गर्न सहज हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL