Logo

एनआईसी एशिया र सेलवेज क्यास एण्ड क्यारीबीच सम्झौता, मोबाईल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशत छुट

एनआईसी एशिया र सेलवेज क्यास एण्ड क्यारीबीच सम्झौता, मोबाईल एपमार्फत सामान खरिद गर्दा १५ प्रतिशत छुट



काठमाडौं । एनआईसी एशिया बैंक र सेलवेज क्यास एण्ड क्यारीबीच सम्झौता भएको छ । मंगलबार एक कार्यक्रमका बीच बैंकको मोवाईल एपको प्रयोग गरी कम्पनीमार्फत सामान खरिद गर्दा १५ प्रतिशत छुट पाईने गरी उक्त सम्झौता भएको हो ।

बैंकको मोबाईल एप प्रयोग गरी क्युआर मार्फत सामान खरिद गर्दा सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरमा १५ प्रतिशत या ५ सय रुपैयाँ सम्म छुट पाईने भएको हो । बैंक र उक्त कम्पनीबीच मंगलबार छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा समेत लागू हुने छ । सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रालिका प्रमुख वित्त अधिकृत सन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL