Logo

जनता बैंकका सेयरधनीलाई १२ प्रतिशत लाभांस प्रस्ताव, साधारण सभाले पारित गरे पश्च्यात वितरण

जनता बैंकका सेयरधनीलाई १२ प्रतिशत लाभांस प्रस्ताव, साधारण सभाले पारित गरे पश्च्यात वितरण



काठमाडौं । जनता बैंकले ९६ करोड ९४ लाख ३ सय १० रुपैयाँ लाभांस सेयरधनीहरुलाई वितरण गर्ने भएको छ ।

संचालक समितिको २९१ औं बैठकले उक्त निर्णय गरेको बैंकले जानकारी दिएको छ । बैंकले आर्थिक बर्ष २०७५/०७६ मा प्राप्त गरेको मुनाफा १ अर्ब ३१ करोड ८ लाख ४७ हजार ६ सय ३ रुपैयाँ रहेको छ ।

जस मध्यबाट २०७६ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँको १२ प्रतिशतले हुन आउने रकम ९६ करोड ९४ लाख ३ सय १० रुपैयाँ लाभांस सेयरधनीलाई वितरण गर्ने भएको हो ।

प्रस्तावित १२ प्रतिशत मध्ये ६ प्रतिशत बोनश सेयर र ६ प्रतिशत नगद लाभांस वितरण गरिने बैंकले जनाएको छ । साथै नियमानुसार लाग्ने कर सेयरधनीहरुलाई वितरण गरिने नगद लाभांसबाट कट्टा गरिने छ ।

बैंकले प्रस्ताव गरेको बोनस सेयर तथा नगद लाभांस रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्