बिजखबर संवाददाता
२६ जेठ, काठमाडौं । एनवी बैंकले प्रधानमन्त्री राहत कोषमा ५० लाख रुपैयाँ दिएको छ । बैंकले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषको खातामा सो रकम जम्मा गरेको हो ।
यसैगरी बैंकले एनवी राहत कोष समेत स्थापना गरेको छ । सो कोषमा पनि ५० लाख रुपैयाँ राखिएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेखछ । उक्त कोषमा भएको पैसा भुकम्प पिडितहरुलाई सहयोग गरिनेछ ।
बैंकले केही समय अघि सिन्धुपालचोकका भुकम्प पिडितका लागि ६ हजार किलो चामल, ६ सय लिटर तेल वितरण गरेको थियो ।