काठमाडौं । प्रभु बैंकले महोत्तरि जिल्लाको बर्दिबास मालपोत कार्यालय र जलेश्वर मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।
बैंकले भदौ २७ गते बर्दिबासस्थित मालपोत कार्यालयको परिसर र जलेश्वर मालपोत कार्यालय परिसरमा उक्त एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको हो ।
बर्दिबास मालपोत कार्यालयका कार्यालय प्रमुख कोमल रन्जन बरालले र जलेश्वर मालपोत कार्यालय प्रमुख भुप बहादुर बोगटिले उक्त मालपोत कार्यालयहरुको उद्घाटन गरेका हुन ।
उक्त २ कार्यालयमा आउने सेवाग्राहीहरुले अब विना झण्झट प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गर्न सक्नेछन ।
सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजश्व जम्मा गर्न सहज हुनुका साथै दुवै मालपोत कार्यालयहरुको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । बैंकले हाल १ सय ९५ वटा शाखा कार्यालय, १ सय ५२ वटा एटीएम तथा २९ वटा एक्स्टेन्सन काउण्टरहरु मार्पmत् सेवा प्रदान गर्दै आईरहेको छ ।