Logo

सनराईज बैंकको आरटिजीएस सेवा संचालनमा, रियल टाईम पैसा ट्रान्सफर हुने

सनराईज बैंकको आरटिजीएस सेवा संचालनमा, रियल टाईम पैसा ट्रान्सफर हुने



काठमाडौं । सनराईज बैंकले रियल टाईम ग्रस सेटलमेन्ट (आरटिजीएस) सुविधा संचालनमा ल्याएको छ । बैंकले बिहीबार देखि लागु हुनेगरी वास्तविक समयमा पैसा एक बैंकबाट अर्काे बैंकमा पठाउन मिल्ने गरी उक्त सुविधा सुरुवात गरेको हो ।

नेपाल राष्ट्र बैंक र सनराईज बैंकबीच आरटिजीएस प्रणाली संचालन सम्बन्धी भदौ २२ गते सम्झौता भएको थियो । एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक बम बाहादुर मिश्र र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त सम्झौता पश्चात अब बैंकका ग्राहकहरुले नियमअनुसार आरटिजीएस सुबिधा उपभोग गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL