Logo

रावा बैंक दमौलीमा पनि, शाखा संख्या १ सय ६१ पुग्यो

रावा बैंक दमौलीमा पनि, शाखा संख्या १ सय ६१ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संबाददाता
२५ जेठ,काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले तनहुंको दमौली बजारमा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । यससँगै बैंकको शाखा संख्या १ सय ६१ पुगेको छ ।

सोमबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले शाखाको उद्दघाटन गरे ।

सो अवसरमा शर्माले देशमा वित्तीय पहुंच र समावेशिता बढाउन शाखा स्थापना गरेको बताए ।

उनले रावावैंकको यस शाखासँगको कारोवारबाट यस क्षेत्रका कृषक ,उद्यमी, व्यापारी लाभान्वित हुने विश्वास व्यक्त गरे । कार्यक्रममा राष्टिय वाणिज्य बैङ्क पोखरा क्षेत्रका प्रवन्धक देवेन्द्र रमण खनालले दमौलीजस्तो प्रमुख व्यापारिक केन्द्रमा स्थापित भई यस क्षेत्रका जनताको सेवा गर्न पाउनु रावावैंकको निम्ति गौरवको विषय भएको वताए ।

प्रतिक्रिया दिनुहोस्
MBL