काठमाडौं । जनता बैंकले नागार्जुन नगरपालिका १ रानीवन स्थित नागभुषण महादेव मन्दिरको भौतिक संरचना सुधारको आर्थिक सहयोग गरेको छ ।
बैंकले उक्त मन्दिरको भौतिक संरचना सुधारको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका नायव प्रमुख कार्र्यकारी अध्यक्ष सुजित कुमार शाक्यले नागभुषण महादेव मन्दिर संरक्षण तथा सामुदायिक संस्थाका अध्यक्ष विष्णु कुमारी सिंखडालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो ।
ईचंगुनारायण जग्गा एकिकरण आयोजना भित्र करिव १ दशमलब ५ रोपनी क्षेत्रफलमा कलात्मक नागभुषण महादेव मन्दिर र करिव २०० जना क्षमताको सत्संग भजनपाटी निर्माण गरिएको छ ।
उक्त मन्दिर परिसरको थप भौतिक संरचना सुधार र निर्माणको लागि सहयोग स्वरुप संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले सो रकम हस्तान्तरण गरेको हो ।
बैंकले १४२ शाखा ५० शाखा रहित बैकिङ १०८ एटिएम ३ एक्स्टेन्सन काउण्टर र १ सिमित बैकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।