काठमाडौं । प्रभु बैंकले सुनसरीको बराहक्षेत्र नगरपालिका ५ कालाबञ्जरमा १९५ औं शाखा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको उक्त शाखाको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुख निलम खनालले उद्घाटन गरेका छन ।
शाखा उद्घाटनमा बोल्दै खनालले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको स्थानमा आफ्नो शाखा विस्तार गरि सर्वसाधारणलाई बैंकिङ सेवा प्रदान गरेकामा खुसी ब्यक्त गरेका छन ।
बैंकले गत आर्थिक बर्षमा २ अर्ब ८६ करोड ७६ लाख ९३ हजार रुपैयाँ संचालन मुनाफा गरेको छ । बैंकले १९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ तथा १५२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।