Logo

बानेश्वरमा सिटिजन्सको नयाँ शाखा, शाखा संख्या ५४ पुग्यो

बानेश्वरमा सिटिजन्सको नयाँ शाखा, शाखा संख्या ५४ पुग्यो


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२५ जेठ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले नयाँ बानेश्वरमा ५४औं शाखा संचालनमा ल्याएको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले उक्त शाखाको उद्घाटन गरेका थिए । सो कार्यक्रममा बैंकका प्रमुखहरु, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतको सहभागिता रहेको छ ।

उक्त शाखासँगै बैंकको शाखा संख्या ५४ पुगेको छ । यस्तै ४३ वटा एटीएम, र २ सय २६ वटा शाखारहित आधुनिक बैकिङ सेवाबाट करिब ३ लाख ३३ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ ।

यसैगरी, रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटीएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउने पोखरलेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL