Logo

सनराईज बैंकको नयाँ शाखा रामेछापको मन्थलीमा, शाखा संख्या १२२ पुग्यो

सनराईज बैंकको नयाँ शाखा रामेछापको मन्थलीमा, शाखा संख्या १२२ पुग्यो



काठमाडौं । सनराईज बैंकले रामेछापको मन्थलीमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गर्दै आफ्नो १ सय २२ औं शाखा कार्यालय संचालनमा ल्याएको हो ।

मन्थली नगरपालिका मेयर रमेश कुमार बस्नेत, सनराईज बैंकका संचालक समितिका सदस्य दीपक नेपाल र बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले संयुक्त रmपमा उक्त शाखा कार्यालयको उद्घाटन गरेका हुन ।

सोहि कार्यक्रममा रमेश कुमार बस्नेत र दीपक नेपालले संयुक्त रुपमा एटिएमको समेत उद्घाटन गरेका थिए । बैंकले हालसम्म १ सय २२ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ सेवा, ६ वटा एक्सटेन्सन काउण्टर र १ सय ४२ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL