काठमाडौं । सिटिजन्स बैंकले आफ्नो ८२ औं शाखा बाँकेको कोहलपुरमा संचालनमा ल्याएको छ । बुधबार एक कार्यक्रमकाबीच बैंकका संचालक समितिका सदस्य प्रकाश चन्द्र मैनालीले उक्त शाखाको उदघाटन गरेका हुन ।
विस्तारित शाखामार्फत सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवाहरु प्राप्त गर्न सकिने भएको छ ।
सोहि कार्यक्रममा बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तरगत ज्ञान ज्योति माध्यमिक विद्यालय बगिया कोहलपुरलाई ५० हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले आर्थिक वर्ष २०७५/७६ मा ७४ अर्ब १३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ६५ अर्ब ७ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधि भित्र १ अर्ब ४६ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले ८२ शाखा, ७८ एटिएम र ९९ शाखा रहित बैंकिङ मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।