काठमाडौं । प्रभु बैंकले गोरखाको गोरखा नगरपालिका १० छेपेटारमा शाखा संचालनमा ल्याएको छ ।
बैंकले संचालनमा ल्याएको उक्त शाखाको गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उद्घाटन गरेका हुन ।
कार्यक्रममा बोल्दै पाण्डेयले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै सो क्षेत्रका सरकारी निकाय, व्यापारी तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा उपलब्ध हुने बताएका छन ।
बैंकको छेपेटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकको विस्वास रहेको छ ।