Logo

शाखा विस्तारमा एग्रेसिभ बन्दै राष्ट्रिय वाणिज्य बैंक, एकै दिन १४ शाखा विस्तार

शाखा विस्तारमा एग्रेसिभ बन्दै राष्ट्रिय वाणिज्य बैंक, एकै दिन १४ शाखा विस्तार



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले एक साथ १४ शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको शाखाको अर्थमन्त्री डा.युबराज खतिवडाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन ।

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेकोे गरेको बताउँदै सरकारले सामाजिक बैंकिङ सहितको मुनाफा खोजेको बताएका छन । मन्त्री खतिवडाले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बढाउनु पर्ने बताएका छन ।

बैंकले विस्तार गरेको ५ नं प्रदेशका १२ जिल्लामा रहेका १४ शाखाको अर्थमन्त्री खतिवडाले संयुक्त डिजिटल प्रविधिबाट बुधबार उद्घाटन गरेका हुन ।

उद्घाटन भएका नयाँशाखाहरुमा झापाको वाह्रदशी, मोरङको धनपालथान, काठमाडौंको कोटेश्वर, टोखा नगरपालिका, तनहुँको खैरेनीटार, गुल्मीको पूर्तिघाट, नवलपरासीको देवचुली, कपिलबस्तुको चन्द्रौटा, दाङको घोराही, पर्साको पोखरीयाबजार, मकवानपुरको भिमफेदी, महोत्तरीको बलवाबजार, रौतहटको चन्द्रपुर र महोत्तरीको पिपरा रहेका छन् ।

बैंकले गत आर्थिक बर्ष २०७५÷०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५ दशमलब ५० प्रतिशत रहेको छ । बैंकले २३६ शाखा, १७८ एटिएम र ९३ शाखा रहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्