काठमाडौं । एभरेष्ट बैंक र ओम समाज डेन्टल अस्पतालबीच सम्झौता भएको छ । अस्पतालको सेवामा बैंकका ग्राहकलाई छुट दिनेगरी बैंक र अस्पतालबीच बुधबार एक सम्झौता भएको हो ।
उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले अस्पतालको एक्स–रे बाहेक सम्पूर्ण सेवा शुल्कमा १५ प्रतिशत सम्म छुट पाउने छन् । ग्राहकहरुले एभरेष्ट बैंकको एटिएम वा क्रेडिट कार्ड देखाएर उक्त छुट पाउन सक्नेछन् ।