Logo

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता, १२ हजार व्यवसायी लाभान्वित

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता, १२ हजार व्यवसायी लाभान्वित



काठमाडौं । मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता भएको छ ।
सोमबार साना मझौला व्यवसायको प्रवर्द्धनका लागि बैंक र महासंघबीच सम्झौता भएको हो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र साना तथा मझौला व्यवसायी महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच उक्त सम्झौताको सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौताबाट महासंघमा आबद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्षीत गरेको छ ।

सम्झौता अनुसार, व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ । साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० बर्ष उमेरका व्यवसायीहरु यो सम्झौताबाट लाभान्वित हुने मेगा बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्