Logo

ग्लोबल आइएमईको साना तथा मझौला व्यवसायी कर्जा योजना, ३ दिनमै उपलब्ध

ग्लोबल आइएमईको साना तथा मझौला व्यवसायी कर्जा योजना, ३ दिनमै उपलब्ध



काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायी कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै ३ दिनभित्र उपलब्ध गराउने गरी उक्त कर्जा सुविधा सार्वजनिक गरेको हो ।

कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा ग्राहकलाई छिटो छरितोरुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा बृद्धि गर्ने उद्देश्यका साथ बैंकले कर्जा लिने समयावधि घटाएको जानकारी दिएको छ ।

अब उक्त कर्जा लिन चाहने ग्राहकले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्र विना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन ।

बैंकले उक्त योजना अन्तर्गत ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि देखि ६ करोड सम्म ऋण उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL