काठमाडौं । प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टर संचालनमा ल्याएको छ ।
दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको झापा मालपोत कार्यालयका कार्यालय प्रमुख चण्डिप्रसाद कोईलाले उद्घाटन गरेका छन भने ईलाम काउण्टरको ईलाम मालपोत कार्यालय प्रमुख केशब कुमार ढकाल र कोष तथा लेखा नियन्त्रण कार्यालयका निमित्त कार्यालय प्रमुख डिकेन्द्र बहादुर थापाले संयुक्त उद्घाटन गरेका छन ।
झापा तथा ईलाम जिल्लास्थित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुले बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गर्न सकिने भएको छ ।
बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरुलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै कार्यालयहरुको आर्थिक कारोबार समेत बैंकिङ प्रणालीमा प्रवेश गरेको छ । बैंकले १९३ शाखा, १५२ एटिएम तथा २६ एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।