Logo

सेञ्चुरी बैंकको प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक, ७ लाखसम्मको दुर्घटना बीमा

सेञ्चुरी बैंकको प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक, ७ लाखसम्मको दुर्घटना बीमा



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले प्रिमियम पेरोल म्यानेजमेन्ट खाता संचालनमा ल्याएको छ । बैंकले कर्मचारीहरुलाई लक्षित गरेर १ हजार रुपैयाँमा खाता खोल्न मिल्ने गरी ६ दशमलव ५ प्रतिशत त्रैमाशिक ब्याज सहितको उक्त खाता संचालनमा ल्याएको हो ।

उक्त खातामा खाता खोलेका ग्राहकहरुले ७ लाख बराबरको आकस्मिक दुर्घटना बीमा तथा १ लाख सम्मको अस्पतालमा बसेको खर्च वापतको बीमा पाउनेछन ।

यस्तै लकर सुविधा, क्रेडिट र्काडको वार्षिक शुल्क, ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्टमा ५० प्रतिशत सम्म छुट पाउन सकिने बैंकले जानकारी दिएको छ । साथै निस्शुल्क एसएमएस्, मोबाइल र ई बैंकिङ, सेवा, डेबिट कार्ड तथा निस्शुल्क क्रेडिट र्काडको आबद्ध शुल्कको सुविधा छ ।

प्रतिक्रिया दिनुहोस्