Logo

३ अर्बको डिबेञ्चर जारी गर्दै सनराईज बैंक, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

३ अर्बको डिबेञ्चर जारी गर्दै सनराईज बैंक, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त



काठमाडौं । सनराइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता भएको छ । सनराईज बैंकले जारी गर्न लागेको ३ अर्ब रुपैयाँ बराबरको डिबेञ्चर बिक्री गर्नका लागि दुई संस्थाबीच सम्झौता भएको हो ।

बैंकले ‘सनराइज डिबेञ्चर २०८३’ को डिबेञ्चर जारी गर्न लागेको हो । अर्धवार्षिक रmपमा भुक्तानी हुने गरी १० दशमलब २५ प्रतिशत वार्षिक व्याजदर रहेको ३ अर्ब रुपैयाँ रकम बराबरको उक्त डिबेञ्चरको समयअवधि ७ वर्षको रहनेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र सिद्घार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुब तिमिल्सिनाले सो सम्झौतामा हस्ताक्षर गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL