Logo

कञ्चनपुर भन्सारमा एनआईसी एशियाको विस्तारित काउण्टर, विस्तारित काउण्टर संख्या ५८ पुग्यो

कञ्चनपुर भन्सारमा एनआईसी एशियाको विस्तारित काउण्टर, विस्तारित काउण्टर संख्या ५८ पुग्यो



काठमाडौं । एनआईसी एशिया बैंकले कञ्चनपुरको गड्डाचौकि भन्सार कार्यालयमा विस्तारित काउण्टर संचालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उद्घाटन गरेका हुन ।

नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयहरुमा नगदरहित कारोबारको सुनिश्चितता गर्ने उद्देश्यमा सहकार्य गर्दै बैंकले भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालयलगायत राजस्व संकलन हुने अन्य कार्यालयहरुमा विस्तारित काउन्टर खोली आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी वैद्यले उक्त विस्तारित काउण्टर सञ्चालनले नेपाल भारत सीमामा रहेको कञ्चनपुर भन्सार कार्यालयबाट दैनिक रुपमा हुने आयात निर्यातसँग सम्बन्धित कारोबारका लागि बैंकबाट छिटो छरितो तथा पारदर्शी रुपमा सेवा प्राप्त गर्न सक्ने विश्वास लिएको बताएका छन ।

बैंकले २९५ शाखा, ३३८ एटिएम, ५८ एक्स्टेन्सन काउण्टर एवं ४१ शाखारहित बैंकिङमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL