Logo

पूर्वाधार विकास बैंकको पहिलो लगानी जलविद्युतमा, ५ अर्ब ८० करोडमा करुवा सेती हाइड्रोपावर निर्माण

पूर्वाधार विकास बैंकको पहिलो लगानी जलविद्युतमा, ५ अर्ब ८० करोडमा करुवा सेती हाइड्रोपावर निर्माण



काठमाडौं । नेपाल पूर्वाधार विकास बैंकले कास्कीको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गर्ने भएको छ । बैंकले कास्कीको माछापुच्छ«े र सर्दीखोला गाउँपालीकामा अवस्थित ३२ मेगावाट विद्युत क्षेमताको करुवा सेती हाइड्रोपावर परियोजनामा लगानी गर्ने भएको हो ।

बैंकले आफ्नो अगुवाई तथा हिमालयन बैंकको सह अगुवाई र सानीमा बैंकको सदस्यता रहेको सहवित्तीयकरण सम्झौता गरी उक्त परियोजनाबाट लगानी सुरु गरेको हो ।

कुल परियोजना लागत ५ अर्ब ८० करोड रुपैंया रहेको उक्त परियोजनामा नेपाल पूर्वधार विकास बैंकको अगुवाईमा सहवित्तीयकरण समेत गरी ४ अर्ब ६ करोड रुपैंया कर्जा प्रवाह हुनेछ ।

देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्धेश्य लिई स्थापना भएको उक्त बैंकले जलविद्युत्, सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्यलगायतका अन्य विभिन्न पूर्वाधार परियोजनाहरुमा समेत लगानी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्