काठमाडौं । मुक्तिनाथ विकास बैंकले ‘२०७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको वहार’ अभियान सार्वजनिक गरेको छ । बैंकले ल्याएको उक्त अभियान भदौ १ देखी कातिक ३० गते सम्म लागुहुने जनाएको छ ।
अभियान अन्तरगत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिटान्स मार्फत पठाएको रकम बैंकबाट लिने सम्पुर्ण ग्राहक मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिनेछ ।
७६ पुरस्कारहरुमध्ये २५ जनालाई ब्लुथुत स्पिकर, २० जनालाई प्रसेरकुकर १५ जनालाई स्मार्ट मोबाईल सेट, ७ जनालाई ३२ ईन्च स्मार्ट टिभी, ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप र १ जनालाई स्कुटी प्रदान गर्ने छ ।
विजेताहरुको लागि बैंकका ब्राण्ड एम्बेस्डर सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) बाट यही मंसीर १५ गते आईतबार ३ बजे बैैंकको फेसबुक पेजमार्फत लाईभ घोषणा गर्ने छ ।
बैंकले ११८ शाखा, २२ एटिएममार्फत सेवा प्रदान गर्दै आईरहेको छ । साथै विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधा, रेमिटान्स सेवा, बंैकान्स्योरेन्स, आस्वा, मोबाइल बंैकिङलगायतका सेवा समेत प्रदान गर्दै आईरहेको छ ।