Logo

नाफा घटेको इन्भेष्टमेन्ट बैंक निक्षेप संकलनमा एग्रेसिभ, प्रोभिजनिङले घटायो नाफा

नाफा घटेको इन्भेष्टमेन्ट बैंक निक्षेप संकलनमा एग्रेसिभ, प्रोभिजनिङले घटायो नाफा



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा घटेको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको तुलनामा गत आबमा ६ दशमलव ६६ प्रतिशतले घटेको हो ।

गत आवमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ । जबकि अघिल्लो आबमा बैंकले ३ अर्ब ६५ करोड रुपैयाँ थियो । हाल बैंकको चुक्ता पूँजी १२ अर्ब ८६ करोड रुपैयाँ रहेको छ । जगेडा कोषमा १० अर्ब ९५ करोड रुपैयाँ रहेको छ ।

बैंकले लगानी गरेको ऋण नउठेर प्रोभिजनिङ गर्नुपर्दा बैंकको नाफामा गिरावट आएको हो । सो अबधिमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ । बैंकको नाफा घटेपनि निक्षेप संकलनमा भने सुधार आएको छ । बजारमा तरलता अभाव भइरहेको अवस्थामा बैंकले निक्षेप संकलनलाई प्राथमिकता दिएको छ ।

सो अबधिमा बैंकले १ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब २३ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । हाल बैंकको बैंकको पूँजी कोष अनुपात १२.६६ प्रतिशतबाट बढेर १३.६५ प्रतिशतमा पुगेको छ ।

तर सो अबधिमा बैंकको खराब कर्जा बढेर कुल कर्जा प्रबाहको १.७८ प्रतिशत पुगेको छ । तर सो अबधिमा बैंकको प्रति सेयर आम्दानीमा ९ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL