Logo

प्राइम कमर्सियल बैंकको नयाँ शाखा ललितपुरको ईमाडोलमा, शाखा संख्या ७४ पुग्यो

प्राइम कमर्सियल बैंकको नयाँ शाखा ललितपुरको ईमाडोलमा, शाखा संख्या ७४ पुग्यो



काठमाडौं । प्राईम कमर्सियल बैंकले ललितपुरको ईमाडोलमा आफ्नो नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । बैंकले बुधबार एक कार्यक्रमको आयोजना गर्दै ललितपुरको महालक्ष्मी नगरपालिकामा नयाँ शाखा संचालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या ७४ पुगेको छ ।

उक्त कार्यक्रममा बैंकका संचालक प्राडा मंगला श्रेष्ठले शाखा कार्यालय इमाडोलको उद्घाटन गरेका हुन । यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL