Logo

सर्वाेच्चको अन्तरिम आदेशसँगै प्राईम बैंकका सिईओ मानन्धर फर्किए काममा, बुधबारबाट सम्हाले पदभार

सर्वाेच्चको अन्तरिम आदेशसँगै प्राईम बैंकका सिईओ मानन्धर फर्किए काममा, बुधबारबाट सम्हाले पदभार



काठमाडौं । प्राईम बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायणदास मानन्धर काममा फर्किएका छन । मंगलबार सर्वाेच्च अदालतले उनको पक्षमा फैसला गरेसँगै उनी बुधबारदेखि पुनः काममा फर्किएका हुन ।

नेपाल राष्ट्र बैंकले साउन २० गते बैंकका सिईओ र संचालकको उमेरहद तोकेसँगै उनी पदबाट स्वतः निलम्बित भएका थिए । पदबाट निलम्बित भएसँगै उनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए ।

मंगलबार प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाको एकल ईजलासले उनको पक्षमा राष्ट्र बैंकको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । साउन २० गते राष्ट्र बैंकले जारी गरेको निर्देशन अनुसार बैंक तथा वित्तिय संस्थानका सिईओको उमेरहद ६५ बर्ष तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL