Logo

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिन अनलाईन दरखास्तको सुविधा, क्रेडिट लिमिट पनि बुझ्न सकिने

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिन अनलाईन दरखास्तको सुविधा, क्रेडिट लिमिट पनि बुझ्न सकिने



काठमाडौं । ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिनको लागि अनलाईन मार्फत आवेदन दिन सकिने भएको छ । बैंकले ग्राहकको सहज पहुँच र सुविधालाई ध्यानमा राखी मंगलबारदेखि दरखास्त फारम अनलाइन प्रणाली मार्फत भर्न सक्ने व्यवस्था गरेको हो ।

यसका साथै ग्राहकहरुले आफ्नो क्रेडिट लिमिट बुझ्न र कार्ड कसरी पाउने भन्ने सम्बन्धी जानकारी अत्याधुनिक प्रविधियुुक्त अनलाइन प्रणालीको माध्यमबाट पाउन सक्नेछन् । क्रेडिट कार्ड लिन इच्छुक ग्राहकहरुले ग्लोबल आइएमई बैंकको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL